site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत गएराति आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । 

उक्त ठाउँमा आएको बाढी पहिराेले बन्द भएको सडक खुलाउने प्रयास भइरहेको छ । 

विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। 

जोखिमपूर्ण ठाउँमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा वर्षौंदेखि कर्णालीका नागरिकले दुःख पाउने गरेका छन् । 

सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सवारीसाधन बीच बाटोमा रोकिदा सयौं यात्रु अलपत्रमा परेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro