site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल चाँडै ‘हिन्दु राष्ट्र’ हुने भनेर फर्किए कालीबाबा 

काठमाडौं । भारतमा शक्तिशाली मानिने योगी कालीबाबा पाँचदिने नेपाल भ्रमण पूरा गरेर आज फर्किएका छन् । नेपाली मूलका कालीबाबाले फर्किनुअघि नेपाल चाँडै हिन्दु राष्ट्र हुँदै गरेको बताएका छन् । 

गत साउन ३१ मा नेपाल आएका काली बाबाले विभिन्न शक्तिपीठको भ्रमण गर्नुका साथै नेता र सामाजिक अभियन्तासँग भेट गरेका थिए । दोलखाको भीमेश्वर, झापाको कन्काई, इलामकोे नेप्टे र चेप्टे संगम, पशुपति नाथ, डोलेश्वर महादेव र कुमारी दर्शनसहित विशेगा पूजा गरेका कालीबाबाले नेताहरू र नागरिक दुवैमा हिन्दु राष्ट्र छोडेकोमा पश्चाताप व्यक्त गरेको बताए । “नेपाली जनतामा हिन्दु राष्ट्र छोडेकोमा नेताहरूप्रति आक्रोश पाएको छु । मसँग भेट भएका नेताहरूले विगतमा गल्ती भएको भनेर पश्चाताप गर्नुभएको छ,” कालीबाबाले पत्रकार सम्मेलनमा भने, “मेरो ब्रह्मले भन्छ– नेपाल चाँडै हिन्दु राष्ट्र बन्दै छ ।” 

उनले अहिलेको मनोविज्ञानले हिन्दु राष्ट्रका लागि ०८५ साल कुर्नु नपर्ने बताएका छन् । आफू नागरिकका रूपमा नेपाली र योगीका रूपमा विश्वभरका हिन्दुको प्रतिनिधि भएको भन्दै विश्वका हिन्दुहरूको मुकुटका रूपमा रहेको नेपाललाई हिन्दु राष्ट्र नै कायम गरिनुपर्ने बताए ।

“हाम्रो राष्ट्र देव पशुपतिनाथ विश्वभरकै हिन्दुका आरध्यदेव हुनुहुन्छ, हिन्दुराष्ट्र बनाएपछि हिन्दु पर्यटकहरूबाटै नेपाललाई रोजगारी सिर्जनासहित समृद्धि हासिल गर्न पर्याप्त हुन्छ,” उनले भने, “यो राष्ट्र नागरिकको आस्थाका आधारमा हिन्दु थियो, छ र रहिरहने छ । नेताहरूले गरेको गल्ती अब सच्याउँदै छन् ।” 

उनले आफू राजासहितको हिन्दु राष्ट्रका पक्षमा रहेको भन्दै नागरिकको छनोट सर्वोपरि हुने बताए । हिन्दु राष्ट्र कि राजा भन्ने प्रश्नमा उनले भने, “राजा नागरिकको चाहनाअनुसार आउने हो । म एउटा योगीको हिसाबले  भन्छु– हिन्दु राष्ट्र ।” 

उनले कोटीहोमका आयोजकप्रतिको धरपकडको पनि विरोध गरे । कसैमाथि अभियोग छन् भने नियमानुसार पक्राउ पुर्जी दिएर पक्राउ गर्ने र अनुसन्धान गर्ने अधिकार राज्यलाई रहेको भन्दै कोटिहोमस्थलमा गएर धरपकटलाई स्वभाविक मान्न नसकिने उनको भनाइ थियो । “कोही क्रिमिनल छ भने उसलाई नियमअनुसार पक्राउको कागज दिएर राज्यले पक्राउ गर्न र अनुसन्धान गर्नसक्छ,” कालीबाबाले भने, “त्यो काम कोटीहोम महायज्ञ सुरु हुनुअघि पनि हुनसक्थ्यो र कोटीहोम समापनपछि घरमै पुगेर पनि गर्न सक्थ्यो ।” 

महायज्ञको मण्डपमा पुगेर धरपकड गर्नुले प्रहरी प्रशासन र सरकार हिन्दुहरूलाई हतोत्साही बनाउन चाहन्छ भन्ने सन्देश गएको उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro