site stats
बाह्रखरी :: Baahrakhari
देश
प्युठानमा भारी वर्षा
मादीखोलाको दृश्य । फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । प्युठानमा भारी वर्षा भएको छ । मंगलबार बिहान हंसपुरलगायत स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

उक्त क्षेत्रका नदीमा बाढी र कमजोर तथा भिरालो जमिनमा पहिरोको सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

“भाद्र ४ बिहान ११ः२० बजे । प्युठान जिल्लाको हंसपुरलगायत आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टा भारी वर्षा मापन, सो क्षेत्रका साना नदीहरू, माडी नदीमा आकस्मिक बाढी आउनको साथै कमजोर, भिरालो जमिनमा पहिरोको जोखिमको सम्भावना रहेकोले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्