site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युभेन्ट्सको सानदार सुरुआत 

काठमाडौं । इटालियन सिरी ‘ए’ २०२४–२५ मा युभेन्ट्सले सानदार सुरुआत गरेको छ । युभेन्ट्सले सोमबार भएको ‘ए’ पहिलो खेलमा कोमोविरुद्ध ३–० सहज जितसहित नयाँ सिजनको सुरुआत गरेको हो ।

घरेलु मैदान एलिएन्ज रंगशालामा युभेन्ट्सलाई जित दिलाउन स्यामुयल एम्बान्गुला, टोमोथी वेह र एन्ड्रिय काम्बियसोले गोल गरे ।

२३औँ मिनेटमा एम्बान्गुलाको खेलमा युभेन्ट्सले अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा वेहले गोल गरेपछि युभेन्ट्सले अग्रता दोब्बर बनायो । खेलको इन्ज्युरी समयमा काम्बियसोले तेस्रो गोल गरेपछि घरेलु समर्थकमाझ युभेन्ट्सले ३–० को सहज जित निश्चित गरेको हो ।

त्यसअघि, ४७औँ मिनेटमा युभेन्ट्सका डुसान भिलाहोभचिले गोल गरे पनि भिडियो असिस्टेन रेफ्री (भार)ले त्यसलाई खारेज गरेको थियो ।

जितसँगै युभेन्ट्स तीन अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित कोमो पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro