विदेश

काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अल उदेइद एयर बेसमा छोटो र मध्यम दुरीको क्षेप्यास्त्रले आक्रमण गरेको पुष्टि गरेको छ । यी क्षेप्यास्त्रहरू इरानबाट प्रहार गरिएको हो । एक अमेरिकी रक्षा अधिकारीका अनुसार हालसम्म यी आक्रमणहरूमा मानवीय क्षति भएको छैन ।
उनका अनुसार, रक्षा अधिकारीहरूले अझै पनि परिस्थितिको निगरानी गरिरहेका छन् र आक्रमणको बारेमा थप जानकारी प्राप्त हुने बित्तिकै साझा गर्नेछन् ।
यसअघि इरानको सरकारी सञ्चारमाध्यमले इरानले अमेरिकी कारबाहीको जवाफ दिन थालेको घोषणा गरेको थियो ।
इरानको समाचार एजेन्सी तस्निमले इरानको रिभोलुसनरी गार्डले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको बताएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ ००:४६
प्रतिक्रिया दिनुहोस्