site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालले भारतमा करिब एक हजार मेगावाट बिजुली निर्यात गर्ने

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले नेपालले भारतमा एक हजार मेगावाट विद्युत् निर्यात गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् । नयाँदिल्लीमा सोमबार परराष्ट्रमन्त्री आरजु राणासँग द्विपक्षीय बैठकपछि उनले उक्त खुसी व्यक्त गरेका हुन् ।

“नेपालले भारतमा करिब १००० मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुसी लागेको छ, यो एउटा नयाँ कोसेढुंगा हो,” नेपाल–भारत द्विपक्षीय बैठकपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

सोमबार मात्र भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको थियो ।

अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति दिएको हो ।

नयाँ निर्णयसँगै भारतले दिएको कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा परियोजनाबाट) बाट ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) पुगेको छ । २५१ मेगावाट स्वीकृत हुनुअगावै नै गत आर्थिक वर्षमा १६.९३ अर्ब रुपैयाँ बराबरको विद्युत् नेपालले भारतलाई बिक्री गरेको थियो ।

भारतले सोमबार थप २५१ मेगावाट विद्युत् निर्यातको लागि स्वीकृति दिएपछि अब नेपालले झन्डै एक हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्न पाउने भएको हो ।

भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री भएपछि पहिलो विदेश भ्रमणको रूपमा भारतमा राणालाई स्वागत गर्न पाउँदा पनि खुसी लागेको जनाएका छन् । “ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकास लगायतका बहुआयामिक सहयोगका बारेमा छलफल भएको थियो,” परराष्ट्रमन्त्रीसँगको बैठकपछि भारतीय विदेशमन्त्रीले भनेका छन् ।

परराष्ट्रमन्त्री राणाले भारतका विदेशमन्त्री जयशंकरसँगको द्विपक्षीय भेटवार्ता फलदायी भएको दाबी गरेकी छन् । “एस जयशंकरसँग नयाँदिल्लीमा फलदायी भेट भयो । द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो,” परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

आफ्नो भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास आफूले सिएको उनले बताएकी छन् ।

परराष्ट्रमन्त्री राणा पाँचदिने भ्रमणको सिलसिलामा आइतबार त्यसतर्फ गएकी हुन् । उनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro