site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘कङ्गारु’मा स्वस्तिमा अनुबन्धित

काठमाडौं । निर्माण घोषणा गरिएको चलचित्र ‘कङ्गारु’मा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । निर्माणपक्षले स्वस्तिमालाई अनुबन्ध गरेको हो । 

केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल र अर्पण थापा यसअघि नै यो चलचित्रमा अनुबन्धित भइसकेका छन् । यो चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्नेछन् ।

चलचित्रमा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । 

राजिव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा बन्ने चलचित्र सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण हुने निर्माणपक्षले जनाएको छ । 

प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रूपमा रहनेछन् । सह–निर्मातामा रोनिश बहादुर बस्नेत छन् । 

टीका भण्डारी र सन्तोष अधिकारी कार्यकारी निर्माता छन् । निर्देशक बस्नेतले कंगारुमा केही फरक कथा भन्न मन लागेको र दर्शकले फरक स्वादमा हेर्न पाउने बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro