site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाइलट नै मान्दैनन् नियम ! छ वर्षमा ७० जना कारबाहीमा
SkywellSkywell

काठमाडौं । नेपाली आकाशमा गत महिना दुई हवाइ दुर्घटना भए । साउन ९ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पर्‍यो ।
 
त्यस्तै साउन २३ गते नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा पर्‍यो । एयर डाइनेष्टीको दुर्घटनाको प्रारम्भिक कारण भिजुअल फ्लाइट रुट (भीएफआर) ले अनुमति नदिएको प्रतिकूल मौसम, बादल भएको ठाउँमा पाइलटले हेलिकोप्टर प्रवेश गराउँदा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उल्लेख गर्‍यो ।  

भीएफआरको अनुमतिविपरीत हेलिकोप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा पस्न क्यानले प्रतिबन्ध लगाएको छ । तर, पाइलटले त्यो नमानेका कारण दुर्घटना भएको क्यानको दाबी छ । 

दुर्घटना भएर ज्यानै गएको अवस्थाबाहेक अन्य बेला क्यानले नियमविपरीत काम गरेको भन्दै पाइलटहरूलाई कारबाही गर्दै आएको छ । बितेका ६ वर्षयता मात्रै क्यानको नियम विपरीत उडान र नियम उल्लंघन गरेका कारण ७० जना पाइलट कारबाहीमा परिसकेका छन् ।

Dabur Nepal
NIC Asia

सन् २०१८ देखि २०२४ सम्म नियमविपरीत काम गरेको भन्दै ७० जना पाइलट कारबाहीमा परेका हुन् ।

क्यानले सन् २०१८ मा नियम नमानेको भन्दै एकैवर्ष १४ जनालाई कारबाही गर्‍यो । यस्तै २०१९ मा ८ जना, २०२० मा ७ जना, २०२१ मा ६ जना, २०२२ मा १० जना, २०२३ मा १६ जना र २०२४ मा ९ जनालाई कारबाही गर्‍यो ।

कारबाहीमा परेका पाइलटहरूले क्यान र अन्तराष्ट्रिय नागरिक उड्ड्यन संगठनको नियम विपरीत काम गरेका क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । 

विशेषगरी सिनियर पाइलटहरूले नै क्यानको निर्देशन उल्लंघन गर्ने प्राधिकरणको भनाइ छ । पाइलटहरूले क्यान र अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) नियम नमानेको भन्दै कारबाही गर्दै आएको छ । यसअघि क्यानको सिभिल एभिएसनको सेक्युरिटी प्रोभिजन उल्लंघनमा नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा र भावना पन्तलाई निलम्बन गरेको गर्‍यो ।

यस्तै विमानस्थलमै निर्देशिकाविपरीत फोटोग्राफी/भिडियोग्राफी गरेको भन्दै पाइलट प्रतिभा अर्याललाई कारबाही गर्‍यो । क्याप्टेन पासाङ शेर्पालाई पनि अनधिकृत भिडियोग्राफी गरेका कारण कारबाहीमा परे ।
 
स्याङ्जामा फुटबल भइरहेको अवस्थामा मैदानमै हेलिकप्टर अवतरण गराएका कारण क्याप्टेन रनेश डंगोल कारबाहीमा परे ।

यस्तै विमानस्थलको दिशा देखाउन परिचालित मार्शलरले गलत संकेत देखाएकाले जहाज पोलमा ठोक्किएको भन्दै छानबिन प्रतिवेदनमा आएपछि बुद्ध एयरका क्याप्टेन सिद्धार्थ थकाली, को–पाइलट सौरभ रौनियार, मार्शलर लक्ष्मण नेपाली र रमेश बीकेसहित चार जना कारबाहीमा परे । 

पाइलटकै गल्तीका कारण २०७९ माघ १ गते यति एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । उक्त विमान ल्यान्ड गर्ने क्रममा पाइलटलाई सिकाउँदै दुर्घटना परेको अडियो सार्वजनिक भएको थियो । दुर्घटना भएपछि गठित जाँचबुझ आयोगले ८ महिना लगाएर गरेको छानबिनमा पनि मानवीय त्रुटिका कारण यति एयरलायन्सको विमान दुर्घटना भएको प्रतिवेदन बुझाएको थियो ।

यस्तै साउन २३ गते दुर्घटनामा दुर्घटनामा परेको एयर डाइनेष्टीको प्रारम्भिक प्रतिवेदनमा उड्डयन प्राधिकरणको भिजुअल फ्लाइट रुट (भीएफआर)ले अनुमति नदिएको प्रतिकूल मौसम, बादल भएको ठाउँमा हेलिकोप्टर प्रवेश गराउँदा उक्त दुर्घटना भएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । 

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएपछि अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा बोल्दै अधिकारीले पाइलटले प्रतिकूल मौसम, बादल भएको ठाउँमा हेलिकोप्टर प्रवेश गराएका कारण ठोकिएर दुर्घटना भएको बताए ।

“यो चाहिँ पाइलोटिङ कमान्डले हाम्रो सिभिल एभिएसनको भिजुअल फ्लाइट रुटअनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानुनले वर्जित गरेको विषय हो । यो रुट कज भनेको चाहिँ भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखियो,” उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu