site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लाजियोको सहज जित, रोमा रोकियो 

काठमाडौं । इटालियन सिरी ‘ए’ नयाँ सिजनको पहिलो खेलमा लाजियोले भेनेजियाविरुद्ध ३–१ को जित निकालेको छ ।

आइतबार राति स्टाडियो ओलम्पिकोमा लाजियोलाई जित दिलाउन भ्यालेन्टिन क्यासललानोस र माटिया जाकाग्नीले गोल गरे । लाजियोले अर्को एक गोल भेनेजियाका जर्जियो अल्टारीबाट आत्मघाती रूपमा पाएको थियो । भेनेजियाका म्याड्स एन्डरसनले गोल गरे ।

Dabur Nepal
NIC Asia

तेस्रो मिनेटमा एन्डरसनले गोल गरेपछि भेनेजियाले अग्रता बनाएको थियो । तर, ११औँ मिनेटमा क्यासललानोसको गोलबाट लाजियो खेलमा फर्कियो । ४४औँ मिनेटमा जाकाग्नीले गोल गर्दा लाजियोले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । ८१औँ मिनेटमा अल्टारीबाट आत्मघाती गोल भएपछि लाजियोले ३–१ को जित निश्चित गरेको हो ।

जितसँगै तीन अंक जोडेको लाजियो तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमै हार व्यहोरेको भेनेजिया १९औँ स्थानमा छ ।

आइतबार नै भएको सिरी ‘ए’को अर्को खेलमा रोमा र काग्लियरीले गोलरहित बराबर खेल्दै अंक बाँडे । पहिलो खेलमै रोकिएको रोमा एक अंकसहित १४औँ स्थानमा छ । एक अंककै काग्लियरी ११औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro