प्रविधि
काठमाडौं । ईसेवाका सबै सेवाहरू पुनः सञ्चालनमा आएका छन् । आइतबार राति प्राविधिक समस्याका कारण केही समय ईसेवाका सेवाहरू अवरुद्ध बनेका थिए ।
समस्या समाधान गरेसँगै सबै सेवाहरू सञ्चालनमा आएको ईसेवाले जनाएको छ ।
"प्राविधिक समस्याका कारण केही समयका लागि हाम्रा सेवाहरू अवरुद्ध हुँदा हजुरहरूमा पर्न गएको असुविधाप्रति धैर्य धारण गरी साथ दिनुभएकोमा हामी आभारी छौँ," ईसेवाले भनेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ २२:२२
प्रतिक्रिया दिनुहोस्