site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक करोडभन्दा धेरैपटक डाउनलोड हुने नेपालको पहिलो डिजिटल वालेट बन्यो ईसेवा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा गुगल प्ले स्टोरमा एक करोडभन्दा बढी पटक डाउनलोड भएको छ । कम्पनीले यो उपलब्धि हासिल गर्ने नेपालको पहिलो डिजिटल वालेट ईसेवा भएको दाबी गरेको छ ।

ईसेवाले एक करोड डाउनलोडलाई ‘खुसीका एक करोड पलहरू’ भनेर मनाएको छ ।

ईसेवाले सन् २००९ मा बेटा भर्जन सार्वजनिक गर्दै सन् २०१० जनवरी २५ देखि सेवा सुरु गरेको थियो ।

कम्पनीले यस अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

ईसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत सहजता प्रदान गरिरहेको बताएको छ ।

हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको ईसेवासँग एक करोडभन्दा बढी दर्ता भएका ग्राहक, दुई लाख ५० हजारभन्दा बढी एजेन्ट, ४९ बैंक, ४५ लघुवित्त र  तीन लाख ५० हजारभन्दा बढी मर्चेन्ट आबद्ध रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro