site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रभु बैंकका ग्राहकलाई समाज डेन्टल हस्पिटलमा विशेष छुट

काठमाडौं । समाज डेन्टल हस्पिटलले प्रभु बैंकका ग्राहकहरूलाई विशेष छुट दिने भएको छ । यसका लागि हस्पिटल र प्रभु बैंकबीच एक सम्झौता भएको छ ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारले १५ प्रतिशत तथा ग्राहकले १० प्रतिशत छुट पाउने छन् । समाज डेन्टल हस्पिटलका सबै शाखामा यो सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

सम्झौतामा समाज डेन्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंकका वाग्मती प्रदेश प्रमुख सुदेशकुमार देवकोटाले हस्ताक्षर गरे ।

'बैंक अफ द इयर, २०२३' को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालय, २८६ एटीएम र ६९ एक्सटेन्सन काउन्टमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बताएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro