site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवैध रूपमा रकम मागेको आरोपमा दुई युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–५ का गफुर राइनसँग अवैध रूपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्दै आएका २४ वर्षीय सुनीलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।

Dabur Nepal
NIC Asia

केही दिनदेखि आफूलाई दुवै युवकले बाटोमा भेटेर चिठीमा लेखेर ९२ हजार रुपैयाँ माग गरेको र धम्की दिने गरेपछि गफुरले प्रहरीमा जानकारी गराएका थिए ।

सोही जानकारीका आधारमा प्रहरीले शनिबार दुवै युवकलाई जलेश्वर–१ स्थित महादेव मन्दिर परिसरबाट पक्राउ गरेको हो । पक्राउ गरिएका दुवै युवकमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu