देश
काठमाडौं । यो वर्ष सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । १६ अगष्टसम्म पाँच जिल्लाका ५५ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।
हैजाबाट ललितपुरमा सबैभन्दा धेरै ४१ जना संक्रमित भएका छन् । ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकाका वडामा हैजा देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
यस्तै, काठमाडौंमा चार, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
संक्रमित हुनेमा २४ महिला र ३१ पुरुष छन् । १४ वर्षमुनिका ९ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ १२:००
प्रतिक्रिया दिनुहोस्