site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बार्सिलोनाको सुखद सुरुआत, भ्यालेन्सियाविरुद्ध पुनरागमन जित 

काठमाडौं । क्याटालन जायन्ट बार्सिलोनाले स्पेनिस ला लिगा २०२४–२५ मा विजयी सुरुआत गरेको छ । शनिबार राति भएको खेलमा भ्यालेन्सियाविरुद्ध १–० ले पछि परेको अवस्था उल्ट्याउँदै २–१ को जित निकालेको हो । 

बार्सिलोनालाई जित दिलाउन दुवै गोल रोबर्ट लेवान्डोवस्कीले गरे । मेस्टालामा भएको खेलमा भ्यालेन्सियाले ४४औँ मिनेटमा अग्रता बनाएको थियो । ह्युगो डुरोको गोलमा अग्रता बनाए पनि भ्यालेन्सियाले यसलाई लामो समय कायम राख्न भने सकेन । 

पहिलो हाफकै इन्जुरी समयमा रोबर्ट लेवान्डोवस्कीले गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो । ४९औँ मिनेटमा लेवान्डोवस्कीकै गोलमा बार्सिलोनाले अग्रतालाई २–१ को स्थितिमा राख्यो । यही गोल निर्णायक बन्दा बार्सिलोना नयाँ सिजनको पहिलो खेलमै तीन अंक सुनिश्चित गरेको हो । 

जितसँगै तीन अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमै पराजित भ्यालेन्सिया भने तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro