site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाँके, बर्दिया र कैलालीमा मध्यम वर्षा, नदी/खोला आसपासमा सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । बाँके, बर्दिया र कैलालीमा मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो तीन घण्टामा बाँकेको नेपालगन्ज, खजुरा, बर्दियाको रम्भापुर, रानी जरुवा, कैलालीको टीकापुर वर्षामापन केन्द्रमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भई बहने नदी तथा खोलामा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दुदुवा नदी, भाडा नदी, किरिन नदी, मानखोला, पश्चिम राप्ती नदी, पथरिया नदी र यसका सहायक नदीहरूमा र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा र डुबान भइरहने होचा भू–भागहरूमा रहनेले सतर्कता अपनाउन विभागको अनुरोध छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro