site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनीका मुख्यमन्त्री आचार्य एमाले संसदीय दलको नेता चयन
मुख्यमन्त्री चेतनारायण आचार्य । फाइल तस्बिर ।

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलको शनिबार बसेको बैठकबाट यसअघि नै मुख्यमन्त्री बनेका आचार्यलाई संसदीय दलको नेता चयन गरिएको हो ।

संसदीय दलका नेता रहेका पूर्वमुख्यमन्त्री लीला गिरीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । दलको नेता पदमा मुख्यमन्त्री आचार्यलाई चयन गरिएको हो । दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णयप्रति असन्तुष्ट गिरीले गएको साउन ७ गते संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।

बैठकबाट उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई चयन गरिएको छ । श्रेष्ठ एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष छन् ।

यस्तै, दलको प्रमुख सचेतकमा रुपन्देहीका तुल्सीप्रसाद चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका तामाङलाई चयन गरिएको छ । चौधरी यसअघि पनि प्रमुख सचेतक नै थिए ।

नेता गिरी पूर्वनिर्धारित कार्यक्रमानुसार रुपन्देहीबाहिर भएकाले बैठकमा सहभागी नभएको उनको सचिवालयले जनाएको छ । दलको बैठकमा एमाले प्रदेश कमिटी इन्चार्ज एवं पार्टी सचिव पद्मा अर्याल पनि सहभागी थिइन् ।

लुम्बिनी प्रदेशसभामा एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले भदौ ४ मा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका निम्ति प्रदेशसभाको बैठक आह्वान भइसकेको छ । रासस

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  २२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro