site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खुम्बुमा हिमपोखरी फुटेर बाढी आएको पुष्टि (भिडियोसहित)
Tiktok banner adTiktok banner ad

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेमा हिमपोखरी फुटेर बाढी आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राईसहित आज गएको टोलीले उक्त क्षेत्रको निरीक्षणका क्रममा दुईवटा पोखरी फुटेको जनाएको छ । 

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले दुईवटा पोखरी फुटेको र अझै दुईवटा पोखरी उच्च जोखिममा रहेको जानकारी दिइन् । 

बाढीका कारण विस्थापित भएका थामेका १४ घरधुरीलाई नगद १५ हजार र तीनवटाका दरले त्रिपाल वितरण गरिएको छ । 

नेपाली सेनाले हेलिकोप्टरमार्फत खाद्यान्न पठाउने कार्य भइरहेको जनाएको छ । विस्थापित १४० जना आफन्तको घर र होटेलमा बसेका छन् । उनीहरूलाई तत्काल खान र बस्न समस्या नभएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् । 

उनका अनुसार बाढीले एकजना बेपत्ता भएका छन् । २० वटा घर र होटेल पूर्णरूपमा क्षति भएको छ । एउटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको छ । 

प्रभावित क्षेत्रमा जाने बाटो र पुलमा क्षति पुगेको छ । थामे खोलाको बाढी मिसिएपछि दूधकोसीको तटीय क्षेत्रमा पनि क्षति पुगेको छ । 

दूधकोसीमा पानीको बहाव बढ्दा खुम्बु क्षेत्र जाने एकमात्र पक्की पुलमा क्षति पुगेको छ । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा हिजो दिउँसो एक्कासी बाढी आएको थियो । दिउँसोको घटना भएकाले ठूलो मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ ।

बाढी आएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro