site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फ्रेन्चाइज महिला भलिबल : ६ वटै टिमको नेपाली खेलाडी सार्वजनिक

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगका फ्रेन्चाइज टोलीको नेपाली खेलाडी सार्वजनिक भएको छ ।

शुक्रबार आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले ६ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षकहरूको बैठकले आपसी समझदारीमा ड्राफबाट खेलाडी छानेको जनाएको हो ।

जसअनुसार प्रत्येक टोलीमा ग्रेड ‘ए’ का एक, ‘बी’ का चार र ‘सी’ का तीन खेलाडी छन् । यसैगरी प्रत्येक टोलीले तीन विदेशी तथा ट्यान्ड हन्टबाट एक खेलाडी समावेश गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ६ टोलीका ६ मार्की खेलाडी भने यसअघि नै सार्वजनिक भइसकेका थिए । सरस्वती चौधरी गण्डकी, उषा भण्डारी काठमाडौं, निरुता ठगुन्ना मधेस, अरुणा शाही चितवन, सुमित्रा रेग्मी कर्णाली र सलिना श्रेष्ठ ललितपुरको मार्की खेलाडीमा रूपमा छन् ।

यसैगरी ६ टिमका ६ प्रशिक्षकहरूमा महिला राष्ट्रिय टोलीका प्रशिक्षक जगदीश भट्टले काठमाडौं, कुमार राईले कर्णाली, भरत यादवले मधेस, उत्सव खड्काले ललितपुर, अर्जुन घिमिरेले चितवन र रुपेशकुमार विष्टले गण्डकीको जिम्मेवारी सम्हाल्ने छन् ।

te-1723824215.png
 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  २१:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro