site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गट्ठाघर घटनाको छानबिन गर्ने गृहमन्त्रीको आश्वासन, आईजीपी भन्छन्– यो सामान्य घटना होइन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । ओखलढुंगाका उत्तम कोइरालाको दुर्घटना परी मृत्यु भएको घटनाबारे छानबिन गर्न माग गरिएको छ । कोइरालाले चलाइरहेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा भक्तपुरको गट्ठाघरमा उनको मृत्यु भएको थियो । 

सांसदको नेतृत्वमा ओखलढुंगाको प्रतिनिधिमण्डल, ट्राफिक असावधानीले घटना घटेको भन्दै गृहमन्त्री रमेश लेखकसँग छानबिनको माग गरेका हुन् । गृहमन्त्रालय पुगेर प्रतिनिधिमण्डलले घटनाबारे छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो । प्रतिनिधिमण्डललाई गृहमन्त्री लेखकले घटनाबारे छानबिन गर्ने आश्वासन दिएका छन् । 

“विशेष प्रकृतिको घटना भएकाले छानबिन गर्छौं, परिवारका सदस्यमध्येबाट सरोकारवालाका तर्फबाट व्यक्ति तोकौँ” मन्त्री लेखकले भने, “क्लोज कन्ट्याकमा रहेर अनुसन्धान गरौँ ।” 

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले यो घटनालाई प्रहरीले सामान्य रूपमा नलिएको बताए । “यसलाई सामान्य दुर्घटना नमानेर हामी गम्भीर रूपमा हेर्नेछौँ,” आईजीपी कुँवरले भने । 

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई सोही दिशामा पछि रहेको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro