site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेशनल लाइफको ‘ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स’ सम्पन्न

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘शेपिङ द फ्युचर’ भन्ने नाराका साथ चारदिने ‘ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स’ चितवन स्थित होटेल सोल्टी वेस्टेन्डमा सम्पन्न गरेको छ । 

कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सो सम्मेलन आयोजना गरिएको थियो । अध्यक्ष सिंहले आर्थिक वर्ष ०८०/८१ मा कम्पनीले प्रथम बिमा शुल्कसहित समग्र सूचांकमा उत्कृष्टता हासिल गर्न सफल भएको बताइन् । कम्पनीका बिमित अभिकर्ता व्यवस्थापन र कर्मचारीहरूको अथक मेहनत, परिश्रम र लगनशिलताको कारणले नै सम्भव भएको सिंहले बताइन् ।

Dabur Nepal
NIC Asia

उनले आर्थिक वर्ष ०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरूलगायत सबैभन्दा बढी प्रिमियम संकलन गर्ने शाखा र उत्कृष्ट पाँच शाखालाई सम्मान तथा पुरस्कार प्रदान गरिन् ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडि बढेको कारणले नै कम्पनीको उच्च बोनसदरलाई यथावत् राख्न सकिएको बताए ।

साथै, आगामी आर्थिक वर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौती थपिएकोले त्यो पूरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro