site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्राफिक चेकजाँचमा रहेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु, गट्ठाघर तनावग्रस्त

काठमाडौं । भक्तपुरको गट्ठाघरको अवस्था तनावग्रस्त भएको छ । ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि अवस्था तनावपूर्ण भएको हो ।

प्रहरीका अनुसार बिहीबार बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो । सोही क्रममा पछाडिबाट आएको ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरसहित चालकलाई घिसारेको थियो ।

सोही क्रममा महिलाको मृत्यु भएको हो । अवस्था तनावपूर्ण भएपछि सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ । मृतक महिलाको परिचय खुल्न बाँकी रहेको उपत्यका ट्राफिक प्रहरीका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए ।

ट्राफिक प्रहरीले रोकेको नभइ पछाडिको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको दाबी प्रहरीले गरेको छ ।  दुर्घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro