site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

भोजपुर । वर्षासँगै पहिरो खस्दा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडकखण्डको रुमाथुम्कीस्थित घुर्विसेमा पहिरो खस्दा आवतजावतमा समस्या भएको हो ।

टेम्केमैयुङ गाउँपालिका–९ स्थित उक्त स्थानमा ठूलो पहिरो खसेपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । यो सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ ।

सडकमाथिबाट ठूलो पहिरो झरेपछि पैदलयात्रा गर्न समेत जोखिम रहेको स्थानीयवासी एकराज विष्टले बताए । “पहिरोले सडक बगाउँदा आवतजावतमा समस्या छ,” उनले भने, “निरन्तर पहिरो झरिरहेकोले पैदल हिँड्न समेत समस्या छ । सडक अवरोध हुँदा जनजीवन कष्टकर बनेको छ ।”

सडक अवरुद्ध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ल्ला खोटाङका स्थानीयलाई समेत समस्या रहेको टेम्केमैयुङ–९, पाँचधारेका स्थानीयवासी मानबहादुर सुनारले बताए ।

राउतेखोलाको शिर घुर्विसेमा पहिरो खस्दा तल्लो क्षेत्रका बस्ती समेत जोखिममा रहेको वडाध्यक्ष नभराज माङ्पाहाङले बताए । राउते, लेर्खक काभ्रेलगायत गाउँका करिब २० घरपरिवार जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङको भनाइ छ । रासस

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro