site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गहना किन्ने बहानामा चोरी, चोरीको सुन किन्ने व्यापारी प्रहरी फन्दामा

काठमाडौं । काठमाडौंको न्युरोडबाट सुनका गहना चोरी गर्ने र चोरीका सुन खरिद गर्नेलाई पक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ । 

गहना चोरी गर्ने ललितपुरकी लिना नकर्मी र खरिद गर्ने भारत घर भई न्युरोडमा सुन व्यवसाय गर्दै आएका चित्र रञ्जन हजारालाई पक्राउ गरी कारबाही थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

काठमाडौंको न्युरोडमा यही साउन २५ गते नारायण ज्वेलर्सबाट तीन महिला सुनका गहना खरिद गर्ने भनी दुई तोला २० लालको सिक्री चोरेर फरार भएकी थिइन् । उक्त विषयमा अनुसन्धान गर्दा चोरीमा संलग्न लिना नकर्मीलाई यही साउन २९ गते ललितपुरको पुलचोकबाट पक्राउ परिएको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उनले चोरी गरेका सुनका गरगहना न्युरोडमा रहेको जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको खुल्न आएपछि सञ्चालक हजारालाई पनि पक्राउ गरिएको आचार्यले बताए । दुवैै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै प्रहरी वृत्त जनसेवा काठमाडौंमा पठाइएको छ ।

नकर्मीले पहिले पनि चोरी गरेको अन्दाजी १७ ग्रामको सुनको सिक्री सोही ज्वेलर्सलाई बिक्री गरेको खुल्न आएको छ । त्यस्तै, उनको साथबाट आधिकारिकता पुष्टि हुन नसकेको अन्दाजी दुई तोला बराबरको सुनको सिक्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  २३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro