site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरुवा/बढुवाका लागि मन्त्री र नेताहरूलाई नभेट्नुस् : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् । 

ललितपुरमा बुधबार आयोजित सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम–२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे ।

उपप्रधानमन्त्री पौडेलले सरुवा/बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे । सरुवा/बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरू राख्न आग्रह गरे । सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने बताए । उनीहरू राष्ट्रको सेवाभन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहित हुने बताए ।

उनले भने, "पछिल्ला दिनहरूमा हामीले केही गम्भीर चुनौतीको सामना गरिरहेका छाँै । राजस्व परिचालनका दृष्टिकोणले हामीले लक्ष्य भेट्न गर्न अफ्ठ्यारो परिरहेको छ । बेरुजु बढिरहेको छ । लेखा प्रणालीमा हामी दुरुस्त हुन सकिरहेका छैनौँ । महालेखा परीक्षण कार्यालयका सामुन्नेमा लेखा परीक्षणका अनगिन्ति एजेण्डाहरु थपिएका छन् । पोस्टिङ जस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्कहरु राख्नुहोला ।" 

अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरूमा केही गम्भीर चुनौतीको सामना गरिरहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro