site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कक्षा १२ मा ननग्रेडेड विद्यार्थीको परीक्षा फारम शुल्क चिकित्सा शिक्षा अयोगले फिर्ता गर्ने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चिकित्सा शिक्षा स्नातक अध्ययन गर्न प्रवेश परीक्षा फराम भरेका तर योग्यता नपुगेका विद्यार्थीको फारम शुल्क फिर्ता हुने भएको छ । कक्षा १२ मा ननग्रेडेड भएका विद्यार्थीको हकमा आयोगले शुल्क फिर्ता गर्ने निर्णय गरेको हो ।
 
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो फेसबुकमार्फत् यस्तो निर्णय सार्वजनिक गरेकी हुन् ।
 
“चिकित्सा शिक्षा अयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा ननग्रेडेड भएका विद्यार्थीले फारम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने जानकारी गराउँछु”, उनले लेखेकी छन् ।
 
वर्ष २०८१ को कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ९० हजार ८६८ विद्यार्थी सहभागी भएकामा एकलाख ८७ हजार २१ विद्यार्थी ननग्रेडेड भएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro