site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीजी मोटर्सले एकैदिन हस्तान्तरण गर्‍यो १७ वटा विद्युतीय भ्यान
Tiktok banner adTiktok banner ad

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सीजी मोटर्सले एकैदिन १७ वटा विद्युतीय भ्यान हस्तान्तरण गरेको छ । कम्पनीले नेपालमा बिक्री वितरण गर्दै आइरहेको किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान (ईभी) हस्तान्तरण गरेको हो ।

काठमाडौंको पानीपोखरीस्थित सोरुमबाट एकैदिन काठमाडौंका विभिन्न रुटमा सेवा दिने गरी विभिन्न यातायात व्यवसायीलाई उक्त भ्यान उपलब्ध गराएको सीजी मोटर्सले जनाएको छ । यी भ्यानको सिट क्षमता १४ रहेको छ ।

गाडीमा ५०.२३ किलोवाटआवरको ब्याट्री छ । यसका साथै एबीएस, ईबीडी, १८० एमएम ग्राउन्ड क्लियरेन्स, १५ इञ्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर र एसी सुविधा छ ।

गाडीलाई ४५ मिनेटमा २० देखि ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीले काठमाडौंका तीन स्थानबाट सर्भिसिङ र देशभर १८५ भन्दा धेरै स्थानमा चार्जिङ सुविधा रहेको बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro