site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नास आईटी अवार्ड्स २०२४ हुँदै  

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी)ले ‘नास आईटी अवार्ड्स २०२४’ को आयोजना गर्ने भएको छ । नेपालको सूचना प्रविधि क्षेत्रका इन्नोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनालाई प्रवर्धन तथा प्रोत्साहन गर्न अवार्ड्स आयोजना गरेको नास आईटीले बताएको छ ।

काठमाडौंमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै अवार्ड घोषणा गरिएको हो । विभिन्न विधामा दिने अवार्ड्समा छनोट हुनेले आफ्नो कम्पनी, संस्था तथा आइडियालाई वैश्विक रूपमा विस्तार गर्ने अवसर पाउने नास आईटीले बताएको छ ।

नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले अवार्ड्समार्फत नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई आफ्नो क्षमता प्रदर्शन गर्न अन्तर्राष्ट्रिय अवसर प्राप्त हुने बताए । नास आईटीका उपाध्यक्ष सन्तोष कोइरालाले नेपाली आईटी उद्योगलाई विश्वमञ्चमा लैजान यो महत्त्वपूर्ण अवसर भएको बताए । 

बैंकिङ, बिमा, वित्त, मार्केटप्लेस, शिक्षा, यातायात लजिष्टिक, फिनटेक, आईसीटी सेवा सोलुसन, सेक्युरिटी सोलुसन, प्रोफेसनल सेवा सोलुसन, हेल्थ एन्ड वेल बिड, सरकार, नागरिक सेवा, डिजिटल सरकार तथा स्नातक तहका विद्यार्थीका परियोजना, स्टार्टअप र इन्नोभेसनले अवार्डका लागि आवेदन दिन सक्नेछन् ।

नास आईटी अवार्डका लागि आगामी भदौ ३ गतेसम्म https://awards.nasit.org.np मा गएर अनलाइन आवेदन दिन सकिने छ । अवार्ड विजेतालाई यसै वर्ष सन् २०२४ को डिसेम्बरमा ब्रुनाईमा आयोजना हुने एसिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर मिल्नेछ । 

एपिक्टा अवार्ड्सले विगत २३ वर्षदेखि एसिया प्यासिफिक क्षेत्रमा आईसीटी प्रडक्ट तथा इन्नोभेसन प्रदर्शन गर्ने महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्दै आएको नास आईटीले जनाएको छ ।

यस वर्ष एपिक्टा अवार्डमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सियापुर, श्रीलंका, थाइल्यान्ड र भियतनाम गरी १७ देशबीच प्रतिस्पर्धा हुनेछ ।

नास आईटीले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्यअनुसार नेपाली सफ्टवेयर र आईटी उद्योगको वृद्धि र विकासमा काम गर्दै आएको बताएको छ । नवप्रवर्तन, सशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीतिका लागि काम गरिरहेको नास आईटीले बताएको छ । नास आईटी सदस्य प्राथना साखले एपिक्टा अवार्डमा २४ विधामा प्रतिस्पर्धा हुने भए पनि अहिले नेपालमा ११ विधामा खुलाइएको बताइन् ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro