site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक सांसद व्यापारी र प्राधिकरणको दलाल हुनुहुँदो रहेछ : पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद एवं प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्नो कार्यालयमा नै व्यापारीले भेट गरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले आफूले होटेलमा व्यापारी भेटेको भन्ने विषयमा स्पष्टीकरण दिएका हुन् । पोखरेलले व्यापारीले १६ अर्ब रुपैयाँ कसरी छुट पाए भनेर अफिसमा नै बोलाएर सोधिएको बताए ।

“बाहिर प्रश्न उठ्यो– सभापतिले व्यापारी भेट्यो । म विराटनगरको मान्छे, काठमाडौंका धेरै चिन्दिनँ । तर, विराटनगरको सबै चिन्छु । मैले आजका मितिसम्म व्यापारी भेटेको छैन । मलाई व्यापारीले भेटे अफिसमा, मैले बोलाएर सोधेको । १६ अर्ब के सेटिङमा छुटाउनुभयो मित्र भनेर सोध्नु परेन ?,” उनले प्रश्न गरे ।

उनले आफूबाट एउटा टिपोट बाहिरिएको विषयमा पनि स्पष्टीकरण दिए । व्यापारी र नेपाल विद्युत् प्राधिकरणको ‘दलाल’ले उक्त टिपोट बाहिर ल्याएको उनले आरोप लगाए ।

“माननीयहरू, जोजो चासो राख्नुभयो, त्यो टिपोट दुई/तीनजना साथीभाइलाई दिएकोे हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई आफैँ दिए । मैले विश्वास गरेर दिएँ,” उनले भने, “त्यो टिपोट चारजनामध्ये कसले पुर्‍याउनुभयो, थाहा छैन । मैले सोचिनँ नि, व्यापारी र प्राधिकरणको दलाल एकजना माननीय हुनुहुँदो रहेछ नि त ! मैले त सुझाव दिनुस् मित्र भनेँ ।”

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोषी देखाउनेसम्बन्धी लेखा समितिको प्रतिवेदन यसअघि बाहिरिएको थियो । त्यसैलाई टिपोट भनिएको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro