site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन उपहार दिन्छुभन्दा पनि ‘नम्बरी सुन’ हेर्न आएनन् दर्शक  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । साउन २५ गते (गत शुक्रबार)बाट चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनमा आयो । उक्त चलचित्रले राम्रो ब्यापार गर्न सकेन । काठमाडौंका मल्टिप्लेक्समा रिलिज भए पनि चलचित्रको बक्सअफिस कलेक्सन राम्रो हुन नसकेको हो । 

चलचित्र हेर्न दर्शक नआएपछि शो नै क्यानसिल भइरहेको मल्टिप्लेक्सहरूले बताएका छन् । “सुरुका एक/दुई दिन केही दर्शक आए पनि त्यसपछि नम्बरी सुन हेर्न दर्शक आउनु भएको छैन,” बिग मुभिजका अपरेसन म्यानेजर दीपेश बनिया भन्छन्, “दर्शक नआएपछि शो क्यान्सिल भएका छन् ।”

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा पनि यो चलचित्र हेर्ने दर्शकको संख्या न्यून रह्यो । शुक्रबार केही दर्शक आए पनि शनिबारबाटै कम भएको क्यूएफएक्स चेनले जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“विकेन्डबाट यो चलचित्रमा दर्शकको संख्या कम भयो । शनिबारबाटै दर्शक यो चलचित्र हेर्न धेरै आउनु भएन,” क्यूएफएक्सकी कन्टेन प्लानर मीना कार्की अगाडि थप्छिन्, “दर्शक नआएपछि केही शो क्यान्सिल पनि भए । अहिले धेरै शो नै हटिसकेका छन् । अहिले काठमाडौं उपत्यकाको भक्तपुर भाटभटेनीमा मात्रै एक शो बाँकी छ ।” 

भाटभटेनीमा साँझ साढे ५ बजेको शो दिउँसो १ : ४० बजेसम्म जम्मा ८ वटा टिकट बिक्री भएका छन् । २४८ वटा सिट रहेको हलमा ८ वटा टिकट बिक्री भएको हो ।  

Royal Enfield Island Ad

‘नम्बरी सुन’को निर्माणपक्षले आफ्नो चलचित्र हेर्ने दर्शकलाई सुन उपहार दिने घोषणा गरेको थियो । ललितपुरस्थित झम्सिखेलमा असार ३१ गते पत्रकार सम्मेलन गर्दै सिनेमा हेर्ने दर्शकमध्ये १२ जनालाई सुन उपहार दिने बताएको थियो । 

चलचित्रका प्रस्तुतकर्ता नारायण खातीले ‘खल्ती एप’बाट चलचित्रको  टिकट काट्ने पाँचजना र त्यसभन्दा बाहिरका सातजनालाई सुनको मोतीवाला ‘चन्द्रहार’ प्रदान गर्ने बताएका थिए । 

उक्त उपहार ‘लक्की ड्र’ मार्फत् सार्वजनिक गरिने प्रस्तुतकर्ता खातीले जानकारी दिएका थिए । उनी सुन व्यवसायी समेत हुन् । 

तर, सुन उपहार दिने निर्माताले घोषणा गर्दा पनि दर्शक चलचित्र हेर्न गएनन् । यसले उपहार वा अन्य लोभ देखाएरभन्दा पनि चलचित्र राम्रो देखाएमात्र चल्छ भन्ने पुष्टि गरेको छ ।  

‘नम्बररी सुन’का निर्देशक गिरीले करिब ७० वर्ष अघि घर–घरमा पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गरिएको बताएका थिए ।

चलचित्रमा नम्रतासँगै गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, राजेन्द्र खड्गी, नारायण खाती, किरण नेपाली, विनोद न्यौपाने, गीता अधिकारी, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरीको अभिनय छ ।

नारायण खातीको कथा, शिवम् अधिकारीको पटकथा एवम् संवाद लेखन रहेको चलचित्रमा मनोज रिजाल, सविन खाती र सरोज खाती लगानी छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro