site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसका मुख्यमन्त्री सिंहले हटाए सबै राज्यमन्त्री 
मुख्यमन्त्री सतिशकुमार सिंह । फाइल तस्बिर ।

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार सबै राज्यमन्त्रीलाई हटाएका छन् । मुख्यमन्त्रीसहित १२ मन्त्रालय रहेको प्रदेशमा उनले आठ राज्यमन्त्री थपेपछि आलोचना भएको थियो ।

आलोचनापछि मुख्यमन्त्रीको जनमत पार्टीले उनलाई स्पष्टीकरण समेत सोधेको थियो । सहयात्री दलका नेतासँग समेत छलफल नगरी भागबन्डा बढाएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले त्यति बेलै विरोध गरेको प्रमुख सचेतक रानी शर्माले बताइन् ।

“त्यस बेला पनि राज्यमन्त्री थप्नु हुँदैन, धेरै मन्त्रीको भार प्रदेशले धान्न सक्दैन भनेर हामीले विरोध नै गरेका हौँ,” लोसपाकी प्रमुख सचेतक शर्माले बाह्रखरीसँग भनिन्, “अहिले चौतर्फी विरोध भएपछि उहाँले सबै राज्यमन्त्री हटाउनुभएको छ ।”

उनले मुख्यमन्त्रीजस्तो पदमा पुगेको व्यक्तिमा परिपक्वता नदेखिएको टिप्पणी गरिन् ।

भौतिक पूर्वाधार राज्यमन्त्री मोहम्मद जैद आलम, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय, वन तथा वातावरण राज्यमन्त्री रन्जुकुमारी मण्डल खड्ग, शिक्षा तथा संस्कृति राज्यमन्त्री रामबाबु यादव, उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री शम्भुकुमार साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रेखा ठाकुर र ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री निलमकुमारी रजकलाई पदबाट हटाइएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro