site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थारू भाषाको कविताबारे विमर्श
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । थारू भाषाका कविताबारे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विमर्श गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र थारू लेखक संघ, नेपालको सहकार्यमा ठुम्रार साहित्यिक बखेरीको १००औँ शृंखलाअन्तर्गत उक्त छलफल गरिएको हो ।

‘हमार संस्कृति हमार स्वाभिमान, सक्कुजे मिल्के बचाई आपन बचाई आपन पहिचान’ नाराका साथ ०६९ माघदेखि सुरु थारू साहित्य रचना वाचनको यो शृंखला शतांकसम्म आइपुगेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यक्रममा थारू साहित्यका अध्येता भूमिका थारूले ‘थारू भाषाका कवितामा महिला हस्ताक्षर’ विषयक कार्यपत्र प्रस्तुत गरिन् । उनले थारू भाषामा महिला कवि तथा कविता लेखनको स्थिति र सम्भावनाबारे बताइन् ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानले विभिन्न भाषाभाषीलाई प्राथमिकता दिँदै आएको बताए ।

Royal Enfield Island Ad

विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने बुद्धसेन चौधरी, मानबहादुर चौधरी पन्ना, सीताराम चौधरी, बलराम चौधरी र नन्दुराज चौधरीलाई उक्त अवसरमा कदरपत्र प्रदान गरियो ।

कार्यक्रममा अरूण चौधरी, गणेश वर्तमान, प्रणव चौधरी, शिव चौधरी, मित्थु थारू, अर्णव चौधरी, सन्तोषी चौधरी, सीएन थारू, निरजबाबु चौधरी, दोषहरण चौधरी, श्रीसन चौधरी, अविनाश चौधरी, शान्ति चौधरी, शत्रुघन चौधरी, भीमेश चौधरी, रामस्वागत चौधरी, उदयनारायण चौधरी, दिलबहादुर कुश्मीलगायत व्यक्तिले कवितावाचन गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro