site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन चाहन्छौँ : भारत

काठमाडौं । भारतले नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन चासो देखाएको छ । दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री विक्रम मिश्रीले सोमबार गृहमन्त्री रमेश लेखकसँगको शिष्टाचार भेटवार्तामा उक्त चासो राखेका हुन् । 

भेटवार्तामा भारतीय विदेश सचिव मिश्रीले सीमा व्यवस्थापन, सीमापार हुने अपराध तथा दुवै मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने स्पष्ट पारेका थिए ।

“उहाँ (मिश्री)ले नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन भारत सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो,” गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिव मिश्रीले गृहमन्त्री लेखकको कार्यकालको सफलताको शुभकामना दिँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरेका थिए । 

नेपाल र भारतबीच सांस्कृतिकलगायत धेरै समानता रहेको उल्लेख गर्दै भारतीय विदेश सचिव मिश्रीले आगामी दिनमा पनि यो सम्बन्ध अझै प्रगाढ हुने उल्लेख गरेका थिए । 

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहीआएको उल्लेख गर्दै विदेश सचिव मिश्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । 

भारत नेपालको सुरक्षा, पूर्वाधार, उर्जा, जलस्रोत लगायतका क्षेत्रमा महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गरे । भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिसहित नेपालको पूर्वाधार निर्माणमा पुर्‍याएको सहयोगका लागि विदेश सचिव मिश्रीलाई धन्यवाद दिएका थिए ।

“सो अवसरमा गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो,” गृहमन्त्रीको सचिवालयले जनायो । गृहमन्त्री लेखकले नेपालमा भारत सरकारबाट भएको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति हुने जनाएका थिए । 

सीमाक्षेत्रमा देखिने गरेको अपराध र अवैध लागुऔषध कारोबार नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य बढाउनुपर्ने विषयमा गृहमन्त्री लेखकले विशेष जोड दिएको उनको सचिवालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro