site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युगोचुक्वुको गोलमा जोगियो चेल्सी

काठमाडौं । अन्तिम मिनेटमा लेस्ले युगोचुक्वुले बराबरी गोल फर्काएपछि क्बल मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब चेल्सी हारबाट जोगिएको छ ।

आइतबार राति भएको खेलमा चेल्सी र इन्टर मिलानले १–१ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भए पनि चेल्सी खेलको २६औँ मिनेटमा नै पछि परेको थियो । 

इन्टरका मार्कुस थुरमले गोल गर्दै इटालियन क्लबलाई अग्रतामा राखेका थिए । यही गोलमा इन्टरले खेलभर अग्रता बनाए पनि अन्तिम मिनेटमा चेल्सी बराबरीमा फर्कियो । ९०औँ मिनेटमा युगोचुक्वुले गोल गरेपछि चेल्सी बराबरीमा फर्किएको थियो ।

प्रि–सिजनको तयारीमा चेल्सीले हालसम्म ६ खेल खेलिसकेको छ । अब चेल्सीले अगस्ट १८ मा म्यानचेस्टर सिटीविरुद्ध खेल्दै प्रिमियर लिगको सुरुआत गर्नेछ । 

यस्तै, इन्टरको भने यो नयाँ सिजनअघिको पाँचौ मैत्रीपूर्ण खेल हो । इन्टरले अब शनिबार जेनोआविरुद्ध खेल्दै इटालियन सिरी ‘ए’ को सुरुआत गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro