site stats
बाह्रखरी :: Baahrakhari
कला
‘वर एण्ड वधु’का तीन पोस्टर

काठमाडौं । चलचित्र ‘वर एण्ड वधु’को तीन नयाँ पोस्टर रिलिज गरिएको छ । सार्वजनिक तीन पोस्टरमध्ये दुईवटा पोस्टरमा मुख्य नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ । 

एउटामा चलचित्रका अधिकांश कलाकार छन् । मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्रमा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मालगायत कलाकारको अभिनय छ । 

प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । 

चलचित्र भदौ १४ गतेबाट रिलिजमा आउनेछ । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०६:०५
प्रतिक्रिया दिनुहोस्