site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सरकारको आश्वासनपछि बंगलादेश प्रहरीको हडताल फिर्ता

काठमाडौं । बंगलादेशमा हडतालमा उत्रिएका प्रहरी अधिकारीहरूले आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् । आन्दोलनरत प्रहरीका प्रतिनिधि इन्स्पेक्टर जाहिदुल इस्लाम र हवल्दार शोएब हसनले आइतबार गृह मन्त्रालयमा भएको बैठकपछि आन्दोलन फिर्ताको घोषणा गरेको ढाका ट्रिब्युनले जनाएको छ ।

आफूहरूले राखेका अधिकांश माग पूरा हुने आश्वासन पाएपछि अब सबैजना आआफ्नो जिम्मेवारीमा फर्कने आशा अपेक्षा गरिएको प्रहरी अधिकारीले बताएका  छन् ।

प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच देशभर झडप भएपछि बंगलादेश प्रहरी अधीनस्थ कर्मचारी युनियनले अगस्ट ६ मा बन्दको घोषणा गरेको थियो ।

गृह मन्त्रालयमा गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (निवृत्त) एम सखावत हुसैनको अध्यक्षतामा भएको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी), र्याबका महानिर्देशकसहित अन्य अधिकारीहरूको सहभागिता थियो ।

विद्यार्थी आन्दोलनका क्रममा दर्जनौँ प्रहरी अधिकारी मारिएका छन् भने कैयौँ घाइते भएका छन् ।

प्रदर्शनमा उत्रिएका प्रहरी अधिकारीहरूले प्रहरी प्रतिष्ठानमा भएका आक्रमणमा संलग्नलाई कारबाही हुनुपर्ने माग गरेका थिए । साथै, आन्दोलनका ज्यान गुमाएका प्रहरी अधिकारीका परिवारलाई एकपटक आर्थिक क्षतिपूर्ति दिनुपर्ने, प्रहरी भर्नामा पारदर्शिता हुनुपर्नेसहितका माग राखेका थिए ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro