site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘निष्काम कर्मयोगी रत्नप्रसाद खरेल’ लोकार्पित

काठमाडौं । समाजसेवी तथा राजनीतिज्ञ कर्मयोगी रत्नप्रसाद खरेलको जीवनवृत्त कृति ‘निष्काम कर्मयोगी रत्नप्रसाद खरेल’ एक कार्यक्रमकाबिच लोकार्पण गरिएको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कर्मयोगी रत्नप्रसादका मित्र तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले कृति सार्वजनिक गरे ।

कृति सार्वजनिक गर्दै वरिष्ठ अधिवक्ता भण्डारीले रत्नप्रसाद खरेल दोस्रो चाणक्य भएको उल्लेख गरे ।

Dabur Nepal

उनले भने, "सामाजिक तथा शैक्षिक विकासमा जीवनपर्यन्त क्रियाशील खरेलले तत्कालीन समयमा पञ्ञ्चायतलाई स्वाहा पार्नुपर्छ भन्नुहुन्थ्यो । उहाँको सोच नै सर्वजन सुखाय, सर्वजन हिताय भन्ने थियो ।"

रत्नप्रसादसँगै १७ महिना जेल जीवन बिताएका भण्डारीले उनी महान कर्मयोगी भएको उल्लेख गरे । 

प्रा.डा. जयराज आचार्यले तत्कालीन समयमा राष्ट्रिय पञ्चायतमा रत्नप्रसाद एक्लो प्रतिपक्षीका रूपमा रहेको बताए । खरेल त्यो समयमा पनि खरो अभिव्यक्ति दिने राजनेता भएको उनले उल्लेख गरे ।

खरेलका भतिजा साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेलले काकासँगको सम्बन्धबारे चर्चा गर्दै उनको जनसमर्थन व्यापक रहेको बताए । क्रान्तिकारी स्वभावका रत्नप्रसाद खरेलका कुरा त्यस भेगका मानिसका लागि मान्य हुने उनले बताए । 

डा. प्रकाशचन्द्र लोहनीले रत्नप्रसादसँगका केही सन्दर्भहरूको चर्चा गर्दै त्यो समयमा पनि उनले ‘राजदरबारले व्यापार गर्न हुँदैन’ जस्ता खरो मन्तव्य राख्ने गरेको बताए । रत्नप्रसाद कुशल वक्ता मात्रै नभएर जनताका पक्षमा बोल्ने राजनेता भएको बताए ।

कार्यक्रममा प्रकाशन संस्था लेखन कुञ्जका अध्यक्ष कमल ढकालले कर्मले बनाएको किताब आज सार्वजनिक भएको बताए । 

कृतिकी सम्पादक तथा रत्नप्रसादकी माहिली सुपुत्री डा. रमा खरेलले बुबा राष्ट्रिय पञ्चायत सदस्यमात्र नभई पाँच महिना मन्त्रीसमेत भएको चर्चा गर्दै पिताजी स्वाभिमानी भएको उल्लेख गरिन् । 

वि.सं. १९८१मा जन्मिएका रत्नप्रसाद खरेलको निधन २०३३ सालमा भएको थियो । आज निधनको ४८ वर्षपछि भए पनि पुस्तक प्रकाशित हुनु राम्रो काम भएको वक्ताहरूले बताए ।

खरेल पत्नी शिला खरेलले १० लाख रुपैयाँको अक्षय कोषको व्यवस्था गरेर विविध क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कारको व्यवस्थासमेत गरिने बताइन् । कार्यक्रममा डा. राम थपलिया, गंगाप्रसाद उप्रेती तथा रोशनी खरेलले पनि बोलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro