site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गौतमको प्रश्न– महिलाप्रति कांग्रेस अनुदार हो ?
प्रतिमा गौतम । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले संविधान संशोधन गर्दा समावेशी र समानुपातिक व्यवस्था ‘मार्न नहुने’मा जोड दिएकी छन् ।

सानेपामा जारी पार्टी केन्द्रीय समितिको आइतबारको बैठकमा उनले कांग्रेस र नेकपा (एमाले)बीचको नयाँ गठबन्धन र सरकारको साझा एजेन्डा स्पष्ट रूपमा जनताले थाहा पाए विश्वास बढ्ने उल्लेख गरिन् । उनले सहमतिको मुख्य बुँदा संविधान संशोधन भएको भन्दै यसमा इमानदार भएर लाग्नुपर्ने धारणा राखिन् ।

“समावेशी, समानुपातिक व्यवस्था यस संविधानको मूलमर्म हो । यसमा सरकार इमानदार हुनुपर्छ । समावेशी र समानुपातिक व्यवस्था संविधान संशोधन गर्दा नमरोस्‚” बैठकमा उनले भनिन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेकी गौतमले महिला अधिकार र सहभागिताबारे सिंगो केन्द्रीय समिति अनुदार बन्न खोजेको हो ? भन्दै प्रश्न गरिन् । “संविधानमा गरिएको व्यवस्थाअनुसार महिलालाइ कति अधिकार सुनिश्चित गरेका छौँ ? महिलाले अवसर पाएनन्‚” उनले भनिन्‚“महिला भएर हामीले मात्र बोल्नुपर्ने हो कि सिंगो कांग्रेसले जिम्मेवारी लिएर बोल्ने हो ? महिलाप्रति कांग्रेस अनुदार छ भन्ने प्रश्न आइरहेको छ, कांग्रेस पार्टीले किन जवाफ नदिने ? हामीले मात्र डिफेन्स गर्ने हो ?”

भातृसंस्थाको ‘जम्बो’ समिति बनाइए पनि संगठन चुस्त र चलयमान बन्न नसकेको उनले औँल्याइन् । पार्टीभित्र एउटै मुद्दामा फरक–फरक कारबाही किन हुन्छ ? भन्ने प्रश्न पनि उनले गरिन् ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro