राजनीति
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलेसँग शिष्टाचार भेट गरेका छन् ।
शीतल निवासमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मिश्री आइतबार बिहान काठमाडौं आइपुगेका थिए । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१ १६:३९
प्रतिक्रिया दिनुहोस्