site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोटरपावर घटाएर कर छली प्रकरण : सरकारै तयार छैन जाँच मेसिन ल्याउन !
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनहरूले गाडीको वास्तविक मोटरपावरलाई कम देखाएर कर छली भइरहेको भन्दै राजश्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।  राजस्व अनुसन्धान विभागले केही ब्रान्डका विद्युतीय गाडीले वास्तविक मोटर पावरलाई कम देखाएर राजस्व छली भएको हुनसक्ने विषयमा अनुसन्धान गरिरहेको छ । 

नेपालमा भित्रिइरहेका केही विद्युतीय सवारी (ईभी)ले मोटरको पावरलाई कम देखाएर राजस्व छली गरिरहेको भन्दै उजुरी परेपछि अनुसन्धान थालेको अनुसन्धानमा संलग्न विभागका एक अधिकारीले बताएका छन् । उनका अनुसार नेपाल आयात भइरहेका त्यस्ता गाडीको मोटरको अधिकतम क्षमता (हर्सपावर) अन्य देशमा धेरै तर, नेपालमा कम देखाइएको छ ।

एमएडब्ल्यूले दीपल ईभीको मोटरपावर किलोवाटमा घटायो, पीएसमा बिर्सियो ?

“ती गाडी लोड गरेपछि बाटोमा खोलिएका पनि हैनन्, फेरिएका पनि हैनन्, तर अरु देशमा क्षमता बढी, नेपाल भित्रिँदा कम देखिएको छ,” अनुसन्धानमा संलग्न विभागका अधिकारीले भने ।

नेपालमा आयात हुने गरेका गाडीहरुको टर्क तथा हर्सपावर मापन गर्ने उपकरण भने छैन् । “अरु सबै कुराबाट त्यो सम्भावना देखिएको छ । तर, प्राविधिकरुपमा उपकरणबाट जाँचेर त्यो पुष्टि नहुँदासम्म हामीले भन्न सक्दैनौं,” विभागका अधिकारीले भने ।

ईभीमैत्री करका दरका कारण ईभीको आयात बढ्दै गएपनि सरकारले पेट्रोलियम इन्धनका सवारीसाधनबाट प्राप्त गर्ने तुलनामा निकै कम राजस्व ईभीबाट पाइरहेको छ । यस्तोमा आयात भइरहेकै ईभीमा कर छली हुँदा सरकारले यसको विकल्प खोज्न सक्ने देखिएको छ ।

यसबीच गाडीहरुको वास्तविक टर्क तथा हर्सपावर मापन गर्न सकिने विषयमा यातायात व्यवस्था विभागसमेत बोलेको छ । 

विभागका महानिर्देशक उद्दवप्रसाद रिजालले विद्युतीय सवारी साधनको मोटरको क्षमता ‘चेसिस डाइनामोमिटर’बाट मापन गर्न सकिने बताएका छन् ।

सरकारले चाहेमा गाडीहरुको क्षमता मापन गर्ने मेसिन ल्याउन सक्ने उनको भनाइ छ । 

“गाडीहरुको हर्सपावर चेसिस डाइनोमामिटरबाट मापन गर्न सकिन्छ । तर, सरकारले चाहनु पर्‍यो । करोडौं पर्ने त्यो मेसिन ल्याएर पनि कसले चलाउने कसले जाँच गर्ने, भन्सारमै गर्ने कि कहाँ गर्ने स्पष्ट छैन, सरकारले चाह्यो भने गर्न सक्छ,” महानिर्देशक रिजालले भने ।

हालसम्म आयात भएका गाडीहरुको जाँच परिक्षण गर्ने अधिकार नभएको भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काको भनाइ छ । 

गाडीको मोटरक्षमता जाँच्ने मेसिन ल्याएर कसले, कहाँ कसरी जाँच गर्ने भन्ने व्यवस्था सरकारले गरेमा सम्भव हुनसक्ने उनले बताए । 

“यो विषय अहिले भन्सार विभागको अधिकार क्षेत्रभित्र पर्दैन, कानुनले त्यो दिएको छैन् । सरकारले चाहेमा कुनै निकायमार्फत गर्न सक्ला” विभागका निर्देशक खड्काले भने ।

के हो चेसिस डाइनामोमिटर ?

चेसिस डाइनामोमिटर गाडीको हर्सपावर, टर्क र एक्सिलिरेसनलगायत मापन गर्नसकिने मेसिन हो । यस डाइनामोमिटरमा एक वा बढी रोलरहरु हुन्छन् । 

त्यसमाथि काम राखेर चलाउँदा रोलरपनि कारको पाङ्ग्रासँगै घुम्छ र त्यसले अधिकतम पावर आउटपुट, टर्कलगायत मापन गर्छ । इन्जिनले दिने अधिकतम पावर टर्क र इन्जिनले निश्चित समयमा दिने अधिकतम पावर हर्सपावरलाई यसरी डाइनामोमिटरबाट मापन गर्न सकिन्छ ।

कसरी हुन्छ भन्सार छली ?

आर्थिक विधेयक २०८१ मार्फत सरकारले ५० देखि १०० किलोवाटसम्मका विद्युतीय गाडीमा भन्सार शुल्क २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत गरी ३५ प्रतिशत लगाएको छ । १०० देखि २०० किलोवाटसम्मको विद्युतीय गाडीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क गरी ५० प्रतिशत कर छ । 

९९ किलोवाटको मोटर क्षमता देखाउँदा आयातकर्ताले ३५ प्रतिशतमात्रै कर तिर्नुपर्ने हुन्छ । त्यसैकारण बढी क्षमताको गाडीको मोटरपावरलाई कम देखाएर आयात भइरहेको आशंका विभागले गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro