site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पदअनुसारको व्यवहार गर्नुपर्छ : बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पद र योग्यताअनुसार व्यवहार गर्न आवश्यक रहेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आफ्नो ठाउँ, पद, योग्यताअनुसार व्यवहार गर्नु नै शिष्टाचार हुने उनले उल्लेख गरे । उनले पदअनुसारको व्यवहार गर्न जान्न सके मात्र सफल भइने बताए । जीवन संघर्ष भएकाले सिकेर अघि बढ्न उनले सुझाव दिए ।

Dabur Nepal
NIC Asia

“हामी आफ्नो ठाउँअनुसार, पदअनुसार, योग्यताअनुसार ठाउँमा बस्नुपर्छ । त्यो न शिष्टाचार हो । पदअनुसारको व्यवहार हामीले गर्नुपर्छ,” उनले भने, “जीवन संघर्ष हो भन्ने हामीलाई थाहा छ, हामीले सिक्नुपर्छ । जुन विषयमा कमजोर छौँ, त्यसमा बढी जोड दिनुपर्छ । संघर्ष गरिरहनुपर्छ ।”

अध्यक्ष बिजुक्छेले संघर्ष गर्न कहिल्यै छाड्न नहुने बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro