site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
केसुके होन्डासहित पारो काठमाडौंमा
तस्बिर : एन्फा ।

काठमाडौं । भुटानको पारो फुटबल क्लबमा आबद्ध खेलाडी एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न शनिबार बिहान नेपाल आइपुगेका छन् । चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राईसहितका पदाधिकारीले टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

भुटानको लिग च्याम्पियन पारो योपटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ । उसले जापानका स्टार केसुके होन्डालाई टिममा भित्र्याएको छ । होन्डाले तीनपटक विश्वकप खेलिसकेका छन् । उनी एसियाकै स्टार खेलाडी हुन् ।

होन्डा मात्र होइन, योपटक पारोले कुल १२ विदेशी खेलाडी आबद्ध गर्दै टिम मजबुत बनाएको छ । क्लबले गरेको लगानी अत्यधिक छ । यही कारण जित्नैपर्ने टिममाथि दबाब समेत छ । तयारी पनि उत्कृष्ट रहेको र होन्डाको आगमनले टिम आत्मविश्वासी बनेको प्रशिक्षक पुष्पलाल शर्माले बताए ।

गत वर्ष पनि पारो एफसी कप छनोट खेल्न नेपाल आएको थियो । त्यतिखेर मच्छिन्द्र फुटबल क्लबसँग पारो पराजित भएको थियो । योपटक भने टिम पेपरमा निकै मजबुत देखिएको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजसित योपटक पारोले प्रतिस्पर्धा गर्दै छ । खेल आउँदो मंगलबार हुनेछ । दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro