site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फूलबारी–बंगलाबन्ध नाका पूर्ववत् सञ्चालनमा
फाइल तस्बिर ।

झापा । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी–बंगलाबन्धु खुला गरिएको छ । नाका खुला गरिएसँगै बंगलादेशसँगको आयात–निर्यात सहज भएको छ ।

पूर्वी नाका काँकडभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बंगलादेशतर्फ र बंगलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए । उनले भने, “बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बंगलादेशसँगको आयात–निर्यातमा सहज हुन थालेको छ ।”

कार्यालयका अनुसार, गत आव २०८०/८१ मा ४६ करोड ३१ लाख ८९ हजार रुपैयाँका सामग्री बंगलादेश निर्यात गरिएको थियो । उक्त अवधिमा बंगलादेशबाट तीन अर्ब ८३ करोड ६८ लाख २२ हजार रुपैयाँबराबरका सामग्री आयात गरिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro