देश
काठमाडौं । बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि हिंसा भएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । शनिबार काठमाडौंको माइतीघरमा राष्ट्रिय एकता अभियानको ब्यानरमा प्रदर्शन गरिएको हो ।
विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बी एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
प्रदर्शनमा उत्रिएकाहरूले ‘हिन्दुहरूमाथिको दमन बन्द गर’, ‘नेपाललाई हिन्दुराष्ट्र कायम गर’ लगायत नारा लगाएका थिए ।
भिडियो हेर्नोस्–
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१ १५:२५
प्रतिक्रिया दिनुहोस्