site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

नेपालमा सरकारको प्राथमिकतामा कारागारको सुधार पर्ने गरेको छैन । समाजमा पनि ‘अपराधीलाई केको सुविधा र सुधाररु’ भन्ने मानसिकता देखिन्छ । यसैले २००७ सालपछिका ७४ वर्ष बित्दा पनि नेपालका कारागारहरूको अवस्था राणाकालीनभन्दा खासै फरक भएको छैन ।  

कारागारहरूको अवस्था देख्ने कसैलाई पनि नेपाल एक्काइसौं शताब्दीको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको मुलुक हो भन्ने पत्याउन मुस्किल हुन्छ । बरु, कुनै मध्ययुगीन युद्ध सरदारको बर्बर जङ्गली शासन भएको समाजमा पुगेको झल्को आउन सक्छ ।

कारागारमा थुनेर राखिएका कैदीबन्दीको सङ्ख्या कारागारको विद्यमान क्षमताको तुलनामा कता हो कता धेरै छ भन्ने त सरकारका उच्चअधिकारीहरूले समेत स्वीकारेका छन् । कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारलगायतका सुविधा बढाउनुपर्ने विषयमा पनि उनीहरूको सहमति देखिन्छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कारागारहरूको अवस्था देख्ने कसैलाई पनि नेपाल एक्काइसौं शताब्दीको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको मुलुक हो भन्ने पत्याउन मुस्किल हुन्छ । बरु, कुनै मध्ययुगीन युद्ध सरदारको बर्बर जङ्गली शासन भएको समाजमा पुगेको झल्को आउन सक्छ ।

आधुनिक लोकतान्त्रिक राज्य ठहरिनका लागि पनि नेपालका कारागारहरूको अवस्थामा तत्काल र आमूल सुधार अपरिहार्य भइसकेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा केही दिन पहिले गृहमन्त्री लेखकले पनि यही आशय व्यक्त गरेका थिए ।

कारागारमा नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताअनुरूप पनि मानवीय सुविधा उपलब्ध गराउनु अनिवार्य नै हुन्छ । तर, भौतिक पक्षमा गरिनुपर्ने सुधारको चर्चा बेलाबखत हुने गरे पनि धारणागत परिवर्तनको विषय भने सधैँ नै उपेक्षित हुनेगरेको छ ।

थुनामा नराखे पनि हुनेहरूलाई समेत थुनामै राख्ने विद्यमान न्यायिक अभ्यासलाई मानवीय र आर्थिक दुवै दृष्टिकोणबाट हेरिनु जरुरी देखिन्छ । राज्यको उद्देश्य अपराधका संलग्न नागरिकसँग प्रतिशोध लिनु होइन बरु उसलाई सुध्रिने अवसर दिएर प्रायश्चित्त गराउनु हो । यसैले खुला कारागारलगायतका अभ्यासहरू सुरु गरिएका हुन् । तर, तिनको कार्यान्वयनमा भने बढी नै अनुदार दृष्टिकोण लिइएको देखिएको छ ।

अहिले देखिएको हैजा र डेंगुको प्रकोप कारागारमा फैलियो भने त्यसको नियन्त्रण निकै कठिन हुनेछ । त्यतिबेला कारागार सुधारको औचित्य र महत्त्व त सरकारी अधिकारीले बुझ्नेछन् तर निकै महँगो मूल्य चुक्ता पनि गर्नुपर्नेछ । यसैले सङ्कट पर्खने वा निम्त्याउने मूर्खता नगरियोस् ।

थुनामै नराखी नहुनेबाहेक अरूलाई थुनेर नराख्ने हो भने राज्यमाथिको आर्थिक र सुरक्षा दायित्व धेरै हलुङ्गो हुनेछ । यसरी जोगिने रकमलाई भौतिक सुधारका निम्ति प्रयोग गर्न सकिनेछ । महामारीलगायतका सङ्कटमा पनि थोरैको हेरविचार गरे पुग्नेछ ।   

यसैले गम्भीर फौजदारी अपराधबाहेक आधुनिक राज्यले सकेसम्म नागरिकको स्वतन्त्रता अपहरण गर्नु उचित मानिदैन । तर, नेपालमा भने यस सिद्धान्तको ठीकविपरीत कानुनमा न्यायिक निर्णय लिने अधिकारीलाई दिइएको थुनामा राख्ने अधिकारको बढी नै दुरुपयोग हुनेगरेको छ ।

न्यायिक मनको प्रयोग गर्ने विश्वासमा न्यायाधीशहरूका साथै अर्धन्यायिक निकायका अधिकारीलाई नागरिकलाई थुनामा राख्न सक्ने अधिकार दिइएको हो । त्यसको प्रयोग गर्दा न्यायिक मनले हेरिएको देखिनु पनि पर्छ । नेपालमा हुनेगरेको अभ्यास त्यसप्रकारको छैन ।

यसैले अब कारागार सुधारको विषय उठाइँदा अहिले नेपाल प्रहरीले अपनाउने गरेको ‘पहिले थुन्ने अनि सुन्ने’जस्तो असभ्य अभ्यास बन्द गर्नेदेखि अनावश्यक थुनामा राख्ने प्रवृत्ति पनि अन्त्य गर्न गम्भीर विमर्श गरिनुपर्ने देखिन्छ । नत्र, कारागार सुधारको विषय अधुरो बौद्धिक विलासमा सीमित हुने निश्चितै छ ।  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro