site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारमा मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका घर भई हाल काठमाडौंको सीतापाइला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नवीन भट्टराई र मकवानपुरको वाग्मती गाउँपालिका–३ घर भएका २१ वर्षीय प्रेमबहादुर पाख्रिन रहेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले राई र भट्टराईलाई बालकुमारी र पाख्रिनलाई कौशलटारबाट पक्राउ गरिएको जानकारी दिए ।

वाग्मती प्रदेश ०२–०४९ प २५१३ नंको मोटरसाइकललाई चोरी गरी नम्बर परिवर्तन गरेर प्रदेश २–०२–०२७ प ४३२३ नं बनाएर चलाएकाले भट्टराई र राईलाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए ।

नियन्त्रणमा आएका तीनैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । प्रहरीले आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न सबैलाई आग्रह गरेको छ ।  रासस

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  २२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro