site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेपेले गरे सन्न्यासको घोषणा

काठमाडौं । पोर्चुगलका रक्षक पेपेले फुटबल करियरबाट सन्न्यासको घोषणा गरेका छन् । पेपेले बिहीबार राति ३३ मिनेट लामो भावुक भिडियो सन्देशमार्फत सन्न्यासको घोषणा गरेका हुन् । उनले उक्त भिडियोमा आफ्नो करियरमा सहयोग पुर्‍याएका सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

४१ वर्षीय पेपेले सन् २०१६ मा पोर्चुगलबाट युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए । उनले पछिल्लोपटक पोर्चुगलबाट युरो २०२४ अन्तर्गत फ्रान्ससँगको क्वार्टरफाइनल खेलेका थिए । उक्त खेलमा पोर्चुगल पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

रियाल मड्रिडमा लामो समय व्यावसायिक करियर बिताएका पेपेले स्पेनिस ला लिगामा ३३४ खेल खेलेका छन् । देशबाट पेपेले १४१ क्याप जितेका छन् ।

गत वर्ष पोर्टोविरुद्ध गोल गरेसँगै पेपे च्याम्पियन्स लिगको इतिहासमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बनेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro