site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘भिजुअल फ्लाइट रुटअनुसार नचल्दा हेलिकोप्टर दुर्घटना’
दुर्घटनास्थलको दृश्य ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा त्यसबारे प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

दुर्घटनाको विस्तृत विवरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने उनले बताए । उड्डयन प्राधिकरणको भिजुअल फ्लाइट रुट (भीएफआर)ले अनुमति नदिएको प्रतिकूल मौसम, बादल भएको ठाउँमा हेलिकोप्टर प्रवेश गराउँदा उक्त दुर्घटना भएको प्राधिकरणको जिकिर छ ।

Dabur Nepal
NIC Asia

महानिर्देशक अधिकारीले भीएफआरको अनुमतिविपरीत हेलिकोप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा पस्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गरे । यसमा जिम्मेवार चालक दल नै देखिएको उनको भनाइ छ ।

बुधबार (हिजो) नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा उक्त हेलिकोप्टर दुर्घटना हुँदा चार चिनियाँ नागरिकसहित पाँचजनाको मृत्यु भएको थियो ।

समिति बैठकमा महानिर्देशक प्रदीप अधिकारीको भनाइ पढ्नोस्–
टावरबाट सम्पर्कविच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअरअनुसार नै खोजी गर्‍यौँ । जबसम्म हामी क्र्यास साइट आइडेन्टीफाई गर्दैनौँ तबसम्म, मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो । तर, हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउनेबित्तिकै हेलिकोप्टर खोजीका लागि हेलिकोप्टर परिचालन गरेको अवस्था थियो । र, नेपाल सरकारले यो दुर्घटना छानबिन आयोग गठन गरिसकेको अवस्थामा यसको रुट कज के हो भन्ने बारेमा पनि म धेरै जान चाहन्नँ । आज बिहान हामीले माननीय मन्त्रीज्यू, सचिवज्यू, हामी गएर साइट पनि हेर्‍यौँ । यसको रुट कजचाहिँ सरसर्ती हेर्दाखेरि, यद्यपि यो छानबिन आयोगले नै बताउला । ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरि ठोक्किएको देखिन्छ । योचाहिँ पाइलोटिङ कमान्डले हाम्रो सिभिल एभिएसनको भिजुअल फ्लाइट रुटअनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानुनले वर्जित गरेको विषय हो । यो रुट कज भनेको चाहिँ भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ, हाम्रो अनुसन्धानमा । यसको डिटेल इन्भेस्टिगेसन त सरकारले गठन गरेको आयोगले नै बताउला । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro