site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
११ वर्षसम्म सकिएन मध्य भोटेकोसी, आयोजनाको लागत ८ अर्ब बढ्यो
SkywellSkywell

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् आयोजना अझै अनिश्चित बनेको छ, गत पुस अन्तिममा ‘वेट टेस्टिङ’ गर्दा पानी चुहिएपछि आयोजना अनिश्चित बनेको हो । यो आयोजना १०२ मेगावाट क्षमताको हो । 

मध्य भोटेकोसी जलविद्युत् कम्पनीद्वारा अघि बढेको आयोजनाको वेट टेस्टिङका क्रममा संरचनाबाट पानी चुहिएको थियो ।  हाल ‘रेट्रोफिटिङ’ भइरहेको छ । वेट टेस्टिङको सात महिनासम्म पनि आयोजनाबाट तत्काल विद्युत् उत्पादन हुने छाँटकाट छैन ।

यसअघि पनि पटक–पटक व्यावसायिक उत्पादन मिति सार्दै आएको आयोजनाले पछिल्लो पटक २०८१ को कात्तिक अन्तिममा पुर्‍याएको छ ।  तर, कम्पनीको संरचना तथा प्रसारण लाइन निर्माणमा समस्या हुँदा उक्त मितिमा पनि विद्युत् उत्पादन हुने कुरामा शंका देखिएको छ ।

Dabur Nepal
NIC Asia

चार वर्षमा सक्ने गरी २०७० मा निर्माण सुरु गरेको आयोजनाले २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । पीपीए भएको करिब १३ वर्षसम्म पनि आयोजना विद्युत् उत्पादन सुरु हुन सकेको छैन । 

२०७४ मै विद्युत् उत्पादन गर्ने आयोजना निर्माण सुरु भएको थियो । तर, भुकम्प र नाकाबन्दीको कारण देखाएर विद्युत् उत्पादन मिति २०७६ पुर्‍यायो ।

२०७६ पछि कोभिड–१९ तथा आर्थिक मन्दीको असर भन्दै २०७८ पुर्‍याएको आयोजना हालसम्म पनि पूरा हुन सकेको छैन । पछिल्लोपटक अन्तिम परीक्षणमा समस्या भएपछि आयोजना अझै निर्माणाधीन छ ।

ढिलाइसँगै आयोजनाको लागतमा पनि उच्च वृद्धि भएको छ ।  सुरुमा १२ अर्ब २८ करोड रुपैयाँ लागतको आयोजनामा ढिलाइसँगै २० अर्बको हाराहारीमा पुगेको छ ।
 
पीपीए भएको १३ वर्ष र आयोजना निर्माण सुरु भएको ११ वर्षसम्म पनि आयोजना नसकिनुमा आयोजनाले ठेकेदारको गल्ती देखाउने गरेको छ । वेट टेस्टिङ र परीक्षण उत्पादन गरी गत वर्षको चैतबाटै व्यवसायिक उत्पादन सुरु गर्ने कम्पनीको तयारी थियो । 

तर, आयोजनाको गुणस्तरमा ध्यान नदिएका कारण ‘वेट टेस्टिङ’ गर्दा सुरुङबाट पानी चुहिएको थियो । सुरुङबाट पानी निस्केको विषयमा प्राविधिक विशेषज्ञबाट अध्ययन गर्न झण्डै ३ महिना लागेको थियो । 

समस्या पहिचानपश्चात् हाल रेट्रोफिटिङको काम चलिरहेको मध्यभोटेकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटीले जानकारी दिए । यसअघि गत पुसमा ‘वेट टेस्टिङ’का क्रममा बाँधको संरचना सकेर सुरुङमा माघको तेस्रो साता पानी पठाइएको थियो । त्यसको केही दिनमा सुरुङबाट पानी चुहिएको थियो । 

“चुहिएको आयोजनामा रेट्रोफिटिङको कार्य हुँदैछ । अब १ महिनामा पुनः वाटर टेस्टिङ गर्छौं,” उनले भने, “अबको दुई महिनाभित्र सबै काम सकियो भने तिहारलगत्तै उत्पादन गर्ने योजनामा छौं ।”

प्रसारण लाइन निर्माण पूरा भए योजना अनुसार नै तीन महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।  स्थानीयको विरोधका कारण ट्रान्समिसन लाइनको काम सकिएको छैन् ।

उक्त क्षेत्रको करिब ३ किलोमिटर क्षेत्रमा अवरोधका कारण तार तान्न नसकिएको शिवाकोटी बताउँछन् ।  समयमा आयोजना र प्रसारण लाइन नबन्दा हालसम्म करिब २० अर्ब बराबरको क्षति भएको शिवाकोटी बताउँछन् ।

प्रसारण लाइन निर्माणमा समस्या हुँदा पनि यसले आयोजना निर्माणमा पनि ढिलाई भएको कम्पनीको भनाइ छ ।  आयोजनाबाट विद्युत् उत्पादन भए पनि प्रसारण लाइनमा नबन्दा खेर जाने भएपछि काममा केही सुस्तता आएको कम्पनीको भनाइ छ ।

सुरु गरेको ११ वर्षसम्म पनि आयोजना निर्माण सम्पन्न नहुनुमा सिन्धुपाल्चोकको जुरे पहिरो, भारतीय नाकाबन्दी, भुकम्प, कोभिड जस्ता समस्या देखाउने गरेको छ ।

यस्तै सिभिल तथा हाइड्रो मेकानिकलको काम इञ्जिनियरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कार्यसम्पादन कमजोर हुँदा पनि आयोजनाको काम निकै ढिला भएको थियो ।
 
आयोजनाको प्रवर्धक मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरणको दश प्रतिशत संस्थापक सेयर छ । चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले नै आयोजना अगाडि थिए ।

मध्यभोटेकोसीमा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेस्टमेण्ट कम्पनीको १ र सिन्धु भोटेकोसी हाइड्रोपावरको १ प्रतिशत गरी ५१ प्रतिशत संस्थापक सेयरधनी रहेका छन् ।

त्यस्तै ४९ प्रतिशत साधारण सेयरधनीमध्ये कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकावासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर छ । 

कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् ।

आयोजनाले वार्षिक रुपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ । यसबाट वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ ।
 
प्रसारण लाइनतर्फ समस्या भएपनि २२०/१३२ केभी सबस्टेसन निर्माण भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मर सहित सबस्टेसन तयार रहेको प्राधिकरणले जनाएको छ ।

ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको सबस्टेसनमा मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ । मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने प्राधिकरणले जनाएको छ ।

निर्माण सकिएपछि मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनको टावरहरू निर्माण गरिसकेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu