site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा गार्डलाई बन्धक बनाएर जेलबाट भागे २०९ कैदी

काठमाडौं । बंगलादेशमा गाजीपुरको काशिमपुर कारागारबाट २०९ कैदी भाग्न सफल भएका छन् । कारागारका सुरक्षाकर्मीलाई बन्धक बनाएर उनीहरूले जेलबाट भागेका हुन् । त्यसक्रममा तीन लडाकुसहित ६ जनाको मृत्यु भएको छ । 

मंगलबार दिउँसो एक समूहले कारागार अगाडि आएर प्रदर्शन गर्न थालेपछि घटना भएको हो । सुरुमा केही कैदीले जेलका एकजना गार्डलाई बन्धक बनाएर कैदीहरूलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए । सुरक्षाकर्मीहरूले उनीहरूलाई शान्त पार्ने प्रयास गरे पनि सफल भएन ।

कैदीहरूले जेलमा विरोध थालेको जानकारी पाएपछि उनीहरूका आफन्त गेटमा जम्मा भएर नाराबाजी गरेका थिए । त्यसपछि प्रदर्शनकारीहरूले जेलबाहिर रहेको जुट गोदाममा आगो लगाएको ढाका ट्रिब्युनले जनाएको छ ।

त्यसैक्रममा कैदीहरू भागेको जनाइएको छ । दिउँसो करिब साढे १ बजेतिर सेना हेलिकोप्टरमार्फत कारागार पुगेर स्थिति नियन्त्रणमा लिएको थियो ।

बुधबार बिहानदेखि काशिमपुर कारागारमा थप सैनिक तैनाथ गरिएको छ । अहिले स्थिति नियन्त्रणमा छ । 

 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  २३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro